सन्नी लियोनीको नेपाली ठुम्का

मङ्गलबार, १७ असार २०७६, ०१ : ४७ शुक्रवार
सन्नी लियोनीको नेपाली ठुम्का

‘ह्याप्पी डेज’बाट अभिनयमा डेब्यु गरेका थिए कलाकार विक्रम जोशीले। ‘ह्याप्पी डेज’ नचलेपछि विक्रमको डेब्यु खासै प्रभावकारी रहेन तर यसपालि भने विक्रमले आफूलाई चिनाउन पूर्व पोर्न स्टार सन्नी लियोनीसँग नेपाली गीत ‘आज की साम’मा स्क्रिन सेयर गरे। यो फिल्म ‘पासवर्ड’को आइटम गीत हो।

करोडौं खर्चेर सन्नीलाई उक्त गीतमा नचाइएको थियो तर यसपालि पनि विक्रम सन्नीको छायाँमा परे। गीतले उनलाई भन्दा पनि सन्नीलाई नै हाइलाइटमा ल्यायो किनभने सन्नीले नेपाली गीतमा पनि लिप्सिङ गरेर नेपाली दर्शकलाई आफ्नो ठुम्का देखाइन्।

तर अपेक्षा गरेको जस्तो गीतको हल्ला भएन। न गीतबाट विक्रम नै चिनिए। सन्नीसँग स्क्रिन सेयर गरे पनि विक्रमले नेपाली दर्शकको मन जित्न सकेनन्। अब, आफ्नो अभिनयबाट कत्तिको दर्शकको मन जित्न सक्लान्, त्यो त फिल्म रिलिजपछि नै थाहा हुनेछ। अहिलेलाई विक्रमलाई यत्ति मात्र भन्न सकिन्छ– ‘किप ट्राइङ डियर।’

Leave A Comment