शुभबहादुरको ‘स्याक्समाण्डौं’

बुधबार, १८ असार २०७६, १० : ४६ शुक्रवार
शुभबहादुरको ‘स्याक्समाण्डौं’

५२ वर्षदेखि स्याक्सोफोन बजाउन सक्रिय संगीतकार शुभबहादुर सुनामले काठमाडौंमा स्याक्सोफोन वादनसम्बन्धी एकल सांगीतिक साँझ ‘स्याक्समाण्डौं’ आयोजना गरेर संगीतप्रेमीलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा सुनामले दर्जन बढी गीतका धुन स्याक्सोफोनमार्फत् सुनाएका थिए। संगीतकार सुनामले नेपाली र अंग्रेजी गरेर आठ गीतको धुन स्याक्सोफोनमार्फत् प्रस्तुत गरेका थिए। उनले मलाई नसोध कहाँ दुख्छ घाउ, राजमती, आँखा छोपी नरोऊ भनी, उकाली ओरालीहरुमाजस्ता कालजयी गीतको धुन प्रस्तुत गरेका थिए। सुनामले टाइटानिक फिल्मको माई हार्ट विल गो अन, गोइङ होमजस्ता गीतलाई समेत स्याक्सोफोनमार्फत प्रस्तुत गरेका थिए।

५२ वर्षदेखि स्याक्सोफोन बजाउँदै आएका सुनामले सात सय भन्दा बढी गीतमा संगीत गरिसकेका छन्। नेपालका अधिकांश गीतमा उनकै स्याक्सोफोनको धुन रहेको छ।

Leave A Comment