सनी पुत्रको इन्ट्री

बुधबार, १८ असार २०७६, १० : ५६ शुक्रवार
सनी पुत्रको इन्ट्री

फिल्मी क्षेत्रमा प्रभाव कम हुँदै गएपछि राजनीतिमा हाम्फालेका बलिउड एक्टर सनी देओलले आफ्ना छोरा करणलाई फिल्ममा डेब्यु गराउने तयारी गरेका छन्। सनी पुत्र करण ‘पल पल दिल के पास’ फिल्मबाट डेब्यु गर्दैछन्।

यही फिल्मबाट सहर बाबा पनि बलिउड फिल्म इन्डस्ट्रीमा इन्ट्री मार्दैछिन्। देओल परिवारमा धर्मेन्द्र र हेमा मालिनीबाहेक अन्यलाई फिल्मी क्षेत्र त्यत्ति फापेको देखिन्न।

सनीले केही समय एङ्ग्री योङ म्यानको छवि बनाए पनि पछिल्लो समय भने उनका फिल्म चलेका थिएनन्। बबी राम्ररी जम्नै सकेनन्। इशाको हालत पनि उस्तै रह्यो। हेरौं अब करणको इन्ट्री कस्तो हुने हो !
 

Leave A Comment