अन्तर्राष्ट्रिय टि–२० मा सोमपालको प्रवेश

शनिबार, २१ असार २०७६, ११ : ४५ शुक्रवार
अन्तर्राष्ट्रिय टि–२० मा सोमपालको प्रवेश

अन्तर्राष्ट्रिय लिगमा छनोट हुँदै प्रशंसनीय प्रदर्शन गर्दै आएका नेपाली क्रिकेट खेलाडीको सूचीमा अब सोमपाल कामीको नाम पनि परेको छ। उनी क्यानडाको ग्लोबल टि–२० क्रिकेट लिगमा छनोट भएका हुन्। यसअगाडि सन्दीप लामिछाने सो प्रतियोगिताका लागि छनोट भएका थिए। अब प्रतियोगितामा सन्दीपसँगै सोमपाल पनि मैदान हुनेछन् तर भिन्न भिन्न क्लबबाट।

ड्राफ्टबाट सन्दीपलाई टोरन्टो नेसनल्सले १० औं चरणमा खरिद गरेको हो। सन्दीपले ६० हजार अमेरिकी डलर पाउने छन्। सन्दीप छानिएको यो दोस्रो सिजन हो। सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह हुन्।

साेमपालले विनिपेग हक्सबाट खेल्नेछन्। सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो। सोमपाल ११ औं चरणमा छनोट भएका थिए।

सोमपालले यो पहिलोपटक ग्लोबल टी–ट्वान्टी लिग हो। सोमपालको टिममा जेपी डुमिनी, ड्वेन ब्राभो र क्रिस लिन जस्ता खेलाडी छन्। यस सिजनका लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानडामा आयोजना हुँदैछ।
 

Leave A Comment