डानीले छाडे पीएसजी

शनिबार, २१ असार २०७६, ११ : ५५ शुक्रवार
डानीले छाडे पीएसजी

ब्राजिलियन डिफेन्डर डानी अल्भेसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन्। जारी कोपा अमेरिकाअन्तर्गत पेरुविरुद्धको खेलपछि कप्तानसमेत रहेका उनले अल्भेसले क्लब छाडेको घोषणा गरे।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखे ‘मेरो जीवनको अर्को यात्रा समाप्त भएको छ। जितको यात्रा, सिकाइ र अनुभवहरूमध्येको एक। क्लबको इतिहासको पानामा रहने मौका दिएकोमा पीएसजी परिवारलाई धन्यवाद।’

कोपाअन्तर्गत आइतबार राति पेरुविरुद्धको खेलमा ब्राजिलले ५–० को जित निकालेको थियो।  उक्त खेलमा अल्भेसले पनि एक गोल गरेका थिए। र, ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। उनले पीएसजी छाडेको घोषणा गरे पनि अब कहाँ जाने खुलाएका छैनन्।

Leave A Comment