मार्टाको कीर्तिमान

शनिबार, २१ असार २०७६, १२ : ०८ शुक्रवार
मार्टाको कीर्तिमान

ब्राजिलियन महिला खेलाडी मार्टाले विश्वकप फुटबलमा महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन्। विश्वकपमा उनले गरेको गोल संख्या १७ पुगिसकेको छ। यसअघि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पुरुष खेलाडी मिरोस्लाभ क्लोसको नाममा थियो। जर्मनीका खेलाडी क्लोसले पुरुष विश्वकपमा कुल १६ गोल गरेका थिए।

पाँचौंपटक विश्वकप खेलिरहेकी ३३ वर्षीया मार्टाले हरेक विश्वकपमा ब्राजिलका लागि निर्णायक गोल गर्दै आएकी छन्। मार्टा ६ पटक विश्व वर्ष खेलाडी बन्न सफल कीर्तिमानी खेलाडीसमेत हुन्। सन् २००२ देखि ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आएकी मार्टाले देशका लागि एक सय ४३ खेल खेल्दै कुल एक सय १३ गोल गरेकी छन्।

 

Leave A Comment