हल्लाको भरमा स्कुल नछानौं

मङ्गलबार, २४ असार २०७६, ०१ : २९ शुक्रवार
हल्लाको भरमा स्कुल नछानौं

मन प्रसाद वाग्ले, प्राध्यापक।
धेरै जसो अभिभावकहरु दोधारमा छन्। आफैँले प्लस टू बुझेर के कस्तो छ भनेर छान्ने भन्दा पनि छोराछोरीले भनेको स्कुलमा भर्ना गरिदिने चलन छ। अभिभावकहरु  विज्ञापन गराइले पनि तर्सिएका छन्। विज्ञापनले मात्र हुन्न, अभिभावक स्कुलभित्र जानुपर्छ।

यदि  संविधानअनुसार ऐन नियमहरु बनेको भए कक्षा ११ का लागि कस्तो स्कुल रोज्ने भन्ने प्रश्नै रहँदैनथ्यो। तर अहिले पुरानै व्यवस्था रहेको हुँदा ११ कक्षामा के पढ्ने के नपढ्ने कहाँ पढ्ने भन्नेमा टुगोँमा पुग्न निकै ध्यान दिनुपर्छ।

प्लस टू पढ्ने ठाउँ रोज्न एकदमै सकस छ। अझै पनि सटरपिच्छे खुलेका प्लस टूको संख्याको कमी छैन। केही कुरामा अभिभावक तथा विद्यार्थीले ध्यान पुराउन सक्यो भने भविष्य राम्रो हुन्छ।

स्थान
आफू पढ्ने तथा पढाउने  शैक्षिक संस्थाको स्थान कस्तो ठाउँमा रहेको छ ध्यान दिनुप-यो। अहिले पनि सटर सटरमा ११/१२ क्लास खुलेका छन्। बाहिरको आवाज सहजै क्लास रुममा जाने। यातायातले हल्ला मच्चाउने तल भट्टी, किराना पसल भएको ठाउँमा पनि छन्। सानो क्लास र ठूलो क्लासको दूरी नजिकै भएको छ भने त्यो रोज्दै नरोज्ने।

अभिभावक  डराउनुभएन  
आफ्ना छोराछोरी पढ्ने ठाउँमा अभिभावक खासै प्रवेश गरेको पाइन्न। तर अभिभावक जानु पर्छ। त्यहाँको प्रिन्सिपललाई सोध्नुपर्छ। मेरा छोराछोरीले पढ्न खोजेको विषय यो हो। उसको स्वभाव यस्तो छ।

कस्तो सेवा सुविधा दिन्छौ ? पूर्णकालीन शिक्षक कति छन् ? पिरियड वाइज पढाउने पो हुन् कि, आफ्नो छोराछोरीले खोजेको बेलामा उपस्थित हुन सक्ने कति छन् ? अभिभावकले ती सबै कुरा बुझ्न आवश्यक छ।

एउटा मूल कुरा मेरो विद्यार्थीलाई अप्ठ्यारो परेको बेलामा सोध्न आइटी फ्यासीलिटी छ कि छैन कम्प्युटर ल्याब छ कि छैन। उसलाई स्टान्ड बाइ टिचर सेप्रेट ठाउँमा बसेर पढ्ने ठाउँको व्यवस्था छ कि छैन चित्त बुझ्यो भने गर्नुस् नभए नगर्नुस्।

आम्दानी
अभिभावकले प्लस टू छान्दा आफ्नो आम्दानी ख्याल गर्ने।  आम्दानीले नधान्ने छ भने त्यो स्कुल नरोज्दा नै राम्रो। १५/१६ वर्ष पुगेको छोराछोरीलाई घरको आम्दानी खर्च बताउँदा हुन्छ। घरको आम्दानी यति हो तिमीहरुको पढाइका लागि यतिसम्म खर्च गर्न सकिन्छ भनेर स्पष्ट कुरा गर्नु प-यो। बच्चा आफैँले छानेको कलेज पढ्छु भनेर जिद्दी गरेर पनि हुँदैन।

तथ्य हेर्नुस
हल्लाको भरमा स्कुल नछानौँ। अभिभावक तथा विद्यार्थीले आफूले छानेको स्कुलको कक्षा ११ र १२ को ५ वर्षको नतिजा केलाउने। त्यहाँ प्लस टू गरेकाले कहाँ के कस्तो पढेका छन् र कुन करियरमा लागेका छन् यो कुराको सूचना सम्बन्धित स्कुलबाट नै माग्ने। विश्लेषण चित्तबुझ्दो आयो भने भर्ना गर्ने हो। अनि अर्काे कुरा पूर्णकालीन शिक्षक कति छन् ध्यान दिन जरुरी छ। पिरियड वाइज पढाउने छ भने विद्यार्थीले खोजेको बेलामा उपलब्ध नहुन सक्छ।

सेफ्टी सेक्युरिटी
स्कुलको वातावरण मात्र हेरेर पुग्दैन। पढाउने शिक्षक प्रिन्सिपलको आनीबानीमा ध्यान समेत दिनुपर्छ। पहिले पहिले सेम जेन्डरबाट सुरक्षित हुन्छन् भन्ने थियो अब त्यो समय रहेन । स्कुल क्याम्पसमा धेरै नै यौन दुव्र्यवहार हुन थालेको छ। त्यसकारण अभिभावकले बेलुकीको डाइनिङ टेबलमा कलेजको सबै कुरा सेयरिङ गर्नका लागि समय दिने र आफैँले सोध्ने पनि गर्नुपर्छ। 

अभिभावक आफ्ना छोराछोरीको स्कुलमा गइरहने  
मिलेसम्म अभिभावक महिनाको एकपटक आफ्नो छोराछोरी पढ्ने कलेज पुग्नुपर्छ। शिक्षक प्रधानाध्यापकलाई यस्तो होस् अभिभावक बेलाबेलामा आइपुग्छन् हामीले बच्चाबच्चीको अलि बढी नै ख्याल गर्नुपर्छ। जब पैसा मात्र तिर्ने तर अभिभावक स्कुलमा पुग्दैन भने दुव्र्यवहार हुनेदेखि पढाइ बिग्रनुका साथै समग्र जीवन नै सोचेजस्तो नहुन सक्छ।
कुराकानीमा आधारित

 

Leave A Comment