दक्ष जनशक्ति उत्पादनमा जोड

बुधबार, २५ असार २०७६, १० : ४२ शुक्रवार
दक्ष जनशक्ति उत्पादनमा जोड

सुमन श्रेष्ठ, प्रमुख, मार्केटिङ तथा सूचना, ब्रिटिस मोडेल कलेज।

ब्रिटिस मोडेल कलेजमा अध्यापन गराइने पाठ्यक्रमले विद्यार्थीमा कुनै पनि कुरालाई प्रयोगका आधारमा बुझ्ने र विश्लेषण गर्न सक्ने क्षमता  प्रदान गर्छ। अन्तर्राष्ट्रिय मान्यतामा आधारित शिक्षा भएका कारण उच्च शिक्षाका लागि अन्य कुनै देशमा गएर पढेर आउनासाथ काम गर्ने स्वतन्त्रता समेत मिल्छ। यसअन्तर्गत सम्पूर्ण सङ्कायका विषय पढाइ हुने हुँदा अवसरका बाटा पनि धेरै क्षेत्रकै हुन्छन्।

द ब्रिटिस मोडल कलेजमा अध्ययन गरेका विद्यार्थी जागिरको खोजीमा लाग्ने भन्दा पनि रोजगारी सिर्जना गर्नेतर्फ बढी सक्रिय हुने गरेका छन्। यसबाट पाइने ज्ञान, सीप र विश्लेषकीय क्षमताले उनीहरूमा आफ्नै काम गर्न सक्ने आँट र दृष्टि प्रदान गर्दछ। सानै भए पनि आफ्नै काम गर्ने साथै अरूका लागि रोजगारी सृजना गर्ने क्षमता ए–लेभल गरेका विद्यार्थीमा पाइने गरेको छ।

ब्रिटिस मोडेल कलेज द ब्रिटिस कलेजको भगिनी संस्था हो। जसमा अनुभवी  तथा दक्ष फ्याकल्टीहरुले पढाउँदै आइरहेका छन्। यस कलेजले एक्सपर्ट गेस्ट लेक्चर, शैक्षिक भ्रमण, सेमिनार गराउँदै आइरहेको छ। यस कलेजमा अत्याधुनिक ल्याब रहेको छ। जसमा विद्यार्थीहरुले आफूले चाहेको समयमा अध्ययन गर्न सक्छन्।

Leave A Comment