आधुनिक शिक्षण विधि

बुधबार, २५ असार २०७६, १० : ५० शुक्रवार
आधुनिक शिक्षण विधि

राजेन्द्र घिसिङ,संस्थापक अध्यक्ष, काठमाडौं वल्र्ड स्कुल।

काठमाडौं वल्र्ड स्कुलले विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतीलाई सामना गर्न सक्ने दक्षजनशक्ति उत्पादनमा जोड दिएको छ।

आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन विद्यार्थीहरूको सर्वाङ्गीण अर्थात् शैक्षिक, व्यक्तिगत, समाजिक, मानसिक एवम् शारीरिक विकासका लागि स्कुलले आधुनिक शिक्षण विधिमा जोड दिएको छ।

विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र विद्यार्थीहरूलाई सानैदेखि आफ्नो कार्यप्रति आफैँ जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्न हामी सक्रिय छौँ।

Leave A Comment