क्षमता विकासका लागि पिनाकल

बुधबार, २५ असार २०७६, १० : ५८ शुक्रवार
क्षमता विकासका लागि पिनाकल

ऋषि तिवारी ,फाउन्डर प्रिन्सिपल।

२०५५ सालमा ललितपुरको लगनखेलमा स्थापित पिनाकल एकेडेमीले स्थापना कालदेखि नै पटक–पटक बोर्ड परीक्षामा प्रथम स्थानसहित उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

एकेडेमीबाट पास आउट भएर विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका विद्यार्थीहरु यस संस्थाको गुणस्तरीयताको ज्वलन्त उदाहरण हुन्।

पिनाकल एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयको पठनपाठन गराउँदै आएको छ। स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएम, बिबिएस र बिएस्सी माइक्रो बायोलोजी तथा सिटिइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा फार्मेसीका शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ।                                        

राज्यले निर्धारण गरेको पाठ्यक्रममा  आधारित भई प्रभावकारी शिक्षण पद्धति अपनाउँदै यस एकेडेमीले विद्यार्थीलाई सिकाउने भन्दा पनि बुझाउने शिक्षण संस्कार स्थापित गरेको छ।

Leave A Comment