सृजनात्मक लेखनमा जोड

बुधबार, २५ असार २०७६, ११ : १४ शुक्रवार
सृजनात्मक लेखनमा जोड

प्रज्ज्वल कोइराला,प्रिन्सिपल।

२० औँ वर्षमा प्रवेश गरेको रिभेरा इन्टरनेसनल एकेडेमी मैजुबहाल चावहिलमा अवस्थित एक फरक धारको विद्यालय हो। विद्यालयले विद्यार्थीको सृजनात्मक लेखन क्षमता, पठन संस्कृतिको विकास र जीवनपयोगी सीप विकासका लागि विद्यालयले तयार गरेको छुट्टै पाठ्यक्रममार्फत् शिक्षण सिकाइ सञ्चालन गर्छ।

विद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सन्दर्भमा स्मार्ट क्लास र ई–लाइब्रेरीको माध्यमबाट अनुसन्धानमा  आधारित शिक्षण सिकाइमा जोड दिदै प्रविधिमैत्री  शिक्षाको सुनिश्चितता यस विद्यालयले गरेको छ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सङ्गीत, नृत्य, नाटक, आर्ट एन्ड क्राफ्ट, बास्केटबल, फुटबल, टेबल टेनिस, स्काउट, मार्सल आर्ट (तेक्वान्दो) र योगजस्ता विविध विधामा राष्ट्रिय स्तरका प्रशिक्षकहरूबाट अतिरिक्त क्रियाकलाप प्रशिक्षण गरिन्छ।

स्थापना कालदेखि नै एसएलसी÷एसइई परीक्षामा उत्कृष्ट परिणाम प्राप्त गर्दै आइरहेको विद्यालयले एसएलसीमा काठमाडौँ जिल्ला प्रथम तथा शतप्रतिशत विशिष्ट श्रेणीको उपलब्धि प्राप्त गरिसकेको छ। किन्डरगार्टेन तहमा मन्टेसोरी विधिबाट शिक्षण सिकाइ गरिन्छ।

Leave A Comment