अन्तर्राष्ट्रियस्तरको शिक्षण

बुधबार, २५ असार २०७६, ११ : २४ शुक्रवार
अन्तर्राष्ट्रियस्तरको शिक्षण

हरिसिंह केसी, साउथवेस्टन स्टेट कलेज।

नेपालको शैक्षिक क्षेत्रमा आइ.एस.ओ. ९००१ः २०१५ प्रमाणपत्रद्धारा मान्यता प्राप्त साउथवेस्टन स्टेट कलेज उच्च व्यवस्थापकीय व्यक्तित्वहरूद्वारा सञ्चालित कलेज हो। यो ०६६ मा १ सय ३६ जना विद्यार्थीहरूबाट सुरुवात भएको थियो। हाल ३ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। कलेजले शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, त्रिभुवन विश्वविद्यालय, लगायतका संस्थाहरुसँग संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कलेजमा परम्परागत किताबी ज्ञानको मात्र भर नपरी ई–लर्निङ र पावर प्वाइन्ट प्रस्तुतिजस्ता आधुनिक प्रविधिद्वारा शिक्षण सिकाइ कार्य गरिन्छ।

शिक्षण पद्धति र व्यवस्थापन पद्धतिलाई मजबुत बनाउन अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा पठनपाठन गरिने हुँदा कक्षा कोठाको वातावरण अत्यन्त आत्मियता र हार्दिकताले व्यवस्थित भएको छ। विद्यार्थीहरूलाई शैक्षिक भ्रमण, स्थलगत भ्रमण, हाइकिङ, प्रस्तुतीकरण, परियोजना लेखन, समस्या समाधान प्रविधि, परीक्षा पुनरावलोकन, समूहगत छलफल, विचारहरूको आदानप्रदान, गृहकार्य परीक्षणमा विद्यार्थीहरूलाई सक्रिय सहभागी गराइन्छ।

नियमित अध्यापनको अतिरिक्त विद्यार्थीहरूलाई नैतिक शिक्षालाई कसरी अवलम्बन गर्ने, सकारात्मक सोचको विकास कसरी गर्ने, असल नागरिक कसरी बन्ने, व्यक्तित्व विकास कसरी गर्ने, समय व्यवस्थापन कसरी गर्ने, क्षमतावान् कसरी बन्ने, परीक्षामा राम्रो परिणाम कसरी निकाल्ने, चुनौतीसँग कसरी लड्ने भन्ने विषयमा लामो अनुभव भएका व्यक्तित्वहरूद्वारा विद्यार्थीहरूको समष्टिगत व्यक्तित्व विकास गर्न र जीवन रोज्ने कला सिकाउन यो कलेज सफल भएको छ।

Leave A Comment