सस्तो र गुणस्तरीय

बुधबार, २५ असार २०७६, ११ : ४६ शुक्रवार
सस्तो र गुणस्तरीय

२०५० सालमा स्थापना भएको मोर्डन स्कुल ०६० सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको हो। वर्षेनी राम्रो नतिजा ल्याउने गरेको यस कलेजले प्लस टुमा मेनेजमेन्ट र कानुन (ल) पढाउँदै आएको छ। एकदमै सस्तो र गुणस्तरीय शिक्षाको लागि यसलाई राम्रो मानिन्छ। व्यवस्थापनको शुल्क जम्मा रु ५५ हजार लाग्ने गर्छ।

व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेज्मेन्ट, ट्राभल एन्ड टुरिजम, बिजनेस स्टडी र कम्प्युटर साइन्स पढाइ हुने गरेको छ।

कानुन विषयका लागि वार्षिक शुल्क जम्मा रु ६० हजार लाग्ने गर्छ। कानुनमा नेपलीज् लिगल सिस्टम, संवैधानिक कानुन, जेनरल प्रिन्सिपल सफ्ट ल, लिगल ड्राफ्टिङ क्रिमिनल ल जस्टिस्, मानव अधिकारजस्ता विषय पढाइ हुने गरेको छ। अनुशासित, इमान्दार, संस्कार नै यो कलेजको विशेषता हो।

Leave A Comment