गुणस्तरीय शिक्षामा जोड

बुधबार, २५ असार २०७६, १२ : ०२ शुक्रवार
गुणस्तरीय शिक्षामा जोड

शिव अधिकारी, फाउन्डर प्रिन्सिपल, एडमार्क एकेडेमी/कलेज।

२०५७ मा स्थापना भएको एडमार्क एकेडेमी/कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुन्छ। स्नातकतर्फ बिबिएस, बिए, बिएसडब्लु र बिसिएको अध्यापन हुन्छ। स्नातकोत्तर तर्फ एमबिएस अध्यापन हुन्छ।

कलेज गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सम्पुर्ण सुविधा, विज्ञानका प्रयोगशाला, कम्प्युटर ल्याब, खेलकुद मैदान, संगीत कक्षा उपलब्ध छन्। विद्यार्थीलाई टाढाबाट आउन कलेजको आफ्नै बस छ।

शैक्षिक क्षेत्रमा लामो समयदेखि क्रियाशील शिक्षाविद्हरुद्वारा स्थापित यस कलेजमा विभिन्न संकायमा गरी करिब २ हजार विद्यार्थी अध्ययनरत छन्। मिहिनेती विद्यार्थीहरुलाई लक्षित गरी खोलिएको यस कलेजमा एसइई उत्तीर्णका लागि उपयुक्त रोजाइ बन्दै गएकोमा गर्व लागिरहेको छ।

यस कलेजमा भलिवलका राष्ट्रिय खेलाडीहरु रमिला तण्डुकार, ललिता नाथ, सलिना श्रेष्ठ, र रिमा कुँवर यस कलेजमा अध्ययनरत छन्। निकट भविष्यमा कलेजस्तरीय राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन गइरहेकोमा हाम्रो कलेजका विद्यार्थीहरुले पनि राष्ट्रिय खेलाडीको हैसियतले प्रतिस्पर्धा गर्दैछन्।

Leave A Comment