फ्लप जोडी

बिहिबार, २६ असार २०७६, १० : ५४ शुक्रवार
फ्लप जोडी

फिल्म क्षेत्रका हिट जोडी हुन् अभिनेत्री प्रियंका कार्की अनि आशिरमान देशराज जोशी श्रेष्ठ। तर रिल लाइफ रियलझैँ कहाँ हुन्छ र ? रियल लाइफमा सफल यो जोडी रिल लाइफमा भने फ्लप छ।

पर्दामा यी दुवैले अभिनय गरेको फिल्म ‘प्रेमदिवस’ चलिरहेछ। तर दर्शकलाई पत्तै छैन। बालै दिएका छैनन् यी दुईको फिल्मलाई। फिल्मको चर्चा कतै सुनिँदैन।

दर्शकलाई हलसम्म तान्न यी दुईले एकसाथ गाएको गीत पनि समावेश गरिएको थियो। दुईको आवाजले पनि दर्शकलाई हलसम्म तान्न सकेन। अब यस्तो अवस्थामा फिल्म के हिट होला र खै ?
 

Leave A Comment