दीपकराज गिरीको व्यङ्य

बिहिबार, २६ असार २०७६, ११ : ०७ शुक्रवार
दीपकराज गिरीको व्यङ्य

अभिनेता दीपकराज गिरीले सरकारलाई व्यङ्य प्रहार गरेका छन्। नेपालमा हुन लागेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) २०१९ का लागि करोडौँ रुपैँया खर्च गर्न लागेको भन्दै उनले व्यङ्य गरेका हुन्।

सरकारले अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार  उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैको जिम्मा लिने भनेपछि उनले व्यङ्य हानेका हुन्।

यसअघि बलिउड स्टार सलमान खान  काठमाडौ आउन खोज्दा सुरक्षाको कारण देखाउँदै रोकिएको थियो। जसलाई व्यङ्य गर्दै लेखेका छन्। ‘सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो, अब त झन् पूरै बलिउड ल्याउने रे ! मजाक गर्नु हुन्छ पान्डे जी !’ भनेर स्टाटस लेखेपछि यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  

Leave A Comment