यता न उता दिलिप

बिहिबार, २६ असार २०७६, ११ : १८ शुक्रवार
यता न उता दिलिप

कुनै सयमका लोकप्रिय अभिनेता दिलिप रायमाझी यतिबेला फुर्सदिला छन्। फिल्मले राम्रो व्यापार गरिरहेका बेला अमेरिका हानिएका दिलिप रायमाझी आक्कल–झुक्कल म्युजिक भिडियोमा देखिए पनि जम्न सकेको छैन।

उनलाई कुनै फिल्मका निर्माता निर्देशकले पत्याउन छोडेपछि फिल्म बनाउने सुरमा लागेका छन्। वर्ष दिनअगाडि गोरे भन्ने फिल्ममा अभिनय गरेका दिलिप फिल्म राम्रो बनेको बताउँदै आएका  थिए। धेरैले दिलिप रायमाझीको यस फिल्मबाट कमब्याक हुने सोचेका थिए।

उनका दर्शक हौसिएका थिए तर फिल्मले राम्रो व्यापार नगरेपछि निराश भएका दिलिप अब आफैँ फिल्ममा लगानी गर्ने भएका छन्। उनको फिल्मका निर्देशक हास्य कलाकार शिवहरि पौडेलले गर्ने पक्का भएको छ। अरुसँग बनाएको र अभिनय गरको फिल्मले मार्केट लिन नसकेपछि कमेडियनको सहारा लिन थालेका हुन् कि ?

Leave A Comment