गसिप बन्दा खुसी स्वेता

बिहिबार, २६ असार २०७६, ११ : ४० शुक्रवार
गसिप बन्दा खुसी स्वेता

नेपाली फिल्मका कलाकारमध्ये कमैले मात्र गसिपको भाषा बुझेका हुन्छन्। अभिनेत्री स्वेता खड्का बेहुली बन्ने रहर भनेर तस्बिर समाचार बनिरहँदा उनी यसैमा रमाएकी छन्। यस कुराले के पुष्टि हुन्छ, अब विवाह गर्नुपर्ने महसुस बाक्लिएको हो कि भन्ने बुझिन थालिएको छ।

अस्ट्रेलिया पुगेर बेहुली बनिन् स्वेता भनेर खबर छाइरहँदा उनी भने ती समाचारलाई सेयर गर्न व्यस्त हुन थालिन्। यसपछि त उनलाई बिहेको रहर कति रहेछ भन्ने पुष्टि भइहाल्यो।

ठीक छ, शोक पनि मज्जैले पूरा गरेकी स्वेताले भोग पनि त मज्जैले पूरा गर्नु प-यो नि, होइन ?

Leave A Comment