प्रेममा फलिफाप

बिहिबार, २६ असार २०७६, १२ : १४ शुक्रवार
प्रेममा फलिफाप

एक वर्ष अगाडिसम्म एकअर्काबारे खुलेर बोल्न नसक्ने अभिनेता सौगात मल्ल र उनकी प्रेमिका सृष्टि श्रेष्ठ खुलेरै आफ्नो प्रेम प्रदर्शनमा रमाउन थालेका छन्।

सृष्टिले पटकपटक सौगातसँग अभिनय गर्ने रहर जगाइरहँदा फिल्म ‘मासुभात’ टिमले स्क्रिन सेयर गराएपछि दुवै जना फिल्ममा काम गरिरहेका छन्।

‘मासुभात’ फिल्मको यतिबेला प्राविधिक काम भइरहेको छ। त्यसलगत्तै फिल्म ‘पोइ प-यो काले’मा सँगै काम गरेपछि उनीहरुले तालतालको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन्, सृष्टिले। यो फिल्म सकिन नपाउँदै यो जोडी ‘चपली हाइट ३’ मा खेल्ने पक्कापक्की भएको छ।

Leave A Comment