पूजाको चञ्चल मन

बिहिबार, २६ असार २०७६, १२ : ३८ शुक्रवार
पूजाको चञ्चल मन

अभिनेत्री पूजा शर्मा हरेक फिल्ममा नयाँ हिरोसँग रोमान्स गरिरहेकी हुन्छिन्। यसपालि पनि उनको भागमा नयाँ हिरो नै परे, सोनम तोप्देन। फिल्म ‘सम्हालिन्छ कहिले मनमा’मा अनुबन्ध भएसँगै हिजोआज सामाजिक सञ्जालमा उनले सोनमसँगका तस्बिर पोस्टिन थालेकी छन्। तस्बिरले नै कहानी कहिरहेको छ, तिनको दोस्ती कत्तिको जम्दैछ !

प्रायः नयाँ हिरोको डेब्यु फिल्ममा प्रेमको हल्ला चलिहाल्छ। पूजाको पनि धेरैसँग प्रेमको हल्ला चल्यो अनि ब्रेकअपको पनि। कतिपय अवस्थामा त कोसँग उनको रोमान्स छ भन्ने कुरा उनलाई थाहा नभएर पत्रकारलाई थाहा हुने किस्सा उनले नै सुनाउँथिइन्।

खासमा अधिकांश सम्बन्ध फण्डा मात्रै देखियो। यसपाला भने सोनमसँग पूजाको मन साटिएको हल्ला नहोला भन्न सकिन्न है ! हेरौं यसपालि, पूजाको मन सम्हालिहाल्छ कि !
 

Leave A Comment