प्रशान्त र शितल ‘सो स्टपर’

बिहिबार, २६ असार २०७६, ०१ : २७ शुक्रवार
प्रशान्त र शितल ‘सो स्टपर’

पोखराको हेरिटेज अफ फेसन नेपालको आयोजना हुने कार्यक्रममा कलाकार प्रशान्त ताम्राकार र ‘कर्पोरेट क्विन २०१९’ शितल थापा सो स्टपर हुने भएका छन्।

एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु -याम्प नाप्नेछन्। नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिँड्ने आयोजकले बताए।

कार्यक्रममा गायिका मिलन लामा र प्राप्ति तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन्। शोको कोरियोग्राफर मुस्कान रानी हुन्।

आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ। नेपालका हेरिटेजहरुको प्रमोसनमा कार्यक्रमले सहयोग पु-याउने अपेक्षा गरिएको छ। सोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ।

Leave A Comment