इक्यान शैक्षिक मेला हुँदै

शनिबार, २८ असार २०७६, १२ : ४५ शुक्रवार
इक्यान शैक्षिक मेला हुँदै

नेपाल शैक्षिक परामर्श केन्द्र (इक्यान)ले असार २६ देखि २९ सम्म १३ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार मेलाको प्रमुख उद्देश्य नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावनाबारे पर्याप्त सुचना दिनु हो।

विगतका वर्षहरुमा झैँ यस वर्ष पनि बृहत् शैक्षिक मेला आयोजना गरिएको इक्यानका सचिव दीपकराज भुषालले बताए। ‘स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा, गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँचबारे परामर्श दिइनेछ,’ भुषालले भने, ‘यसबाट जुनसुकै लेभलमा पढ्न चाहने विद्यार्थी पनि लाभान्वित हुन सक्छन्।’

भुषालका अनुसार यस मेलामा सहभागिता जनाउन स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु भारत, चीन, बाङ्लादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायतका देशका कलेज तथा विश्वविद्यालयका पदाधिकारीको उपस्थिति रहने छ। मेलामा डेढ लाख हारहारीमा दर्शक आउने अपेक्षा गरिएको पनि उनले बताए।
 

Leave A Comment