दिलिपकी छोरी पनि हिरोइन

आइतबार, २९ असार २०७६, १२ : ३६ शुक्रवार
दिलिपकी छोरी पनि हिरोइन

अभिनेताहरुले आफ्ना सन्तानलाई चलचित्रमा प्रवेश गराउने क्रम होडबाजी जस्तै देखिन थालेको छ। अघिल्लो वर्ष अभिनेत्री झरना थापाले छोरी सुहानालाई आफैँले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ मार्फत् फिल्म क्षेत्रमा डेब्यु गराएकी थिइन्।

सुहानाले डेब्यु फिल्मबाट राम्रै चर्चा कमाएको हल्ला नसकिदै अभिनेता दिलिप रायमाझीले पनि छोरी दिव्यालाई फिल्ममा भित्र्याउँदैछन्। यही चर्चाले सिने बजार गर्माउन थालेको छ। दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ।

अमेरिका रहेकी दिव्या यसै फिल्मका लागि नेपाल आउने भएकी छन्। फिल्मलाई हास्य कलाकार शिवहरि पौडेल (मुखाँ हान्नुजस्तो) ले निर्देशन गर्ने पक्का भएको छ।
 

Leave A Comment