नभएका सुपरस्टारको धाक

आइतबार, २९ असार २०७६, १२ : ५० शुक्रवार
नभएका सुपरस्टारको धाक

‘ग्याङस्टर ब्लुज’देखि ‘द ब्रेकअप’सम्ममा गुल्टुङ खाए पनि आशीरमान देशराज श्रेष्ठको भाउ घटेको छैन। चलेका कलाकारले भाउ अर्थात् एटिट्युड देखाएको पनि सुहाउँदो हो तर एक्टिङले दर्शक कज्याउन नसक्नेले पनि भाउ खाएको भने पटक्कै नसुहाउँदो रहेछ।

फिल्म उद्योगमा त उनलाई कतिपयले अहंको पोकोसमेत भन्ने गरेका छन्। केहीको भनाइमा उनी हुन नसकेको सुपरस्टारको अहं बोकेर जहीँतहीँ हिँडिरहेका हुन्छन्।

एक दिन एक जना पत्रकारले उनीसँग कुराकानीका लागि नम्बर मागे। खुरुक्क नम्बर नदिएर उनले अर्का पत्रकारसँग मागेर समय मिलाई कुराकानी गर्न पो सुझाव दिए ! हुन त उनका सहायक नै पत्रकार भइसकेपछि अरु पत्रकारको के काम !

सबैभन्दा रोचक त के भइदियो भने, उनले ती पत्रकारलाई देखाउँदै भने, ‘उहाँले जे भन्नुहुन्छ, त्यही गरुम् न ! मैले अरुलाई नम्बर दिन छाडेको धेरै भयो।’

फिल्म नचल्दै त पत्रकारलाई सहायक बनाएर हिँड्न सक्ने हैसियतका फ्लप हिरो झनै सुपरस्टार भएका भए के पो हुन्थ्यो होला !!

Leave A Comment