२७ सयमध्येकी हिरोइन

आइतबार, २९ असार २०७६, १२ : ५८ शुक्रवार
२७ सयमध्येकी हिरोइन

‘प्रेम गीत ३’को लागि छानिएकी कृष्टिना गुरुङ यति बेला फुरुङ्ग भएकी छन्। नपरुन् पनि कसरी ! २७ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘प्रेम गीत ३’ को हिरोइनमा छानिएपछि खुसी त हुनै प-यो !

अमेरिकामा बसोबास गर्दै आएकी कृष्टिना ‘प्रेम गीत ३’को अडिसनका दिन नेपाल आएकी उनी हिजोआज दिनहुँ जसो कहिल्यै नभेटेका मान्छेको गुनगान गाउन छाडेकी छैनन्। निर्माता आशुसेनदेखि नायक प्रदीप खड्कासम्मको प्रशंसाको पुल बाँध्न उनी व्यस्त छिन्।

अब यी नव अभिनेत्रीलाई कसले बुझाइदिने, अरुको प्रशंसा गर्नमा भन्दा आफ्नो अभिनयमा बढी ध्यान दिनु बुद्धिमानी हुन्छ। २७ सय जनामध्ये छानिएर आएपछि त त्यही लेभलको तयारी पनि त हुनुप-यो नि, कि कसो ?

 

Leave A Comment