बच्चा खेलाउने रहर

आइतबार, २९ असार २०७६, ०१ : ०४ शुक्रवार
बच्चा खेलाउने रहर

अमेरिकामा गुमनाम जीवन बिताइरहेकी ‘चपली हाइट’की विनिता बराललाई हिजोआज छोराछोरीको रहर पलाएको छ। तिलक पौडेलसँग विवाह बन्धनमा बाँधिएकी उनले सामाजिक सञ्जालतिर पोस्टिने कयौँ तस्बिरलाई उनका फ्यानले पनि मतलब गर्दैनथे तर पछिल्लो समय उनले गुडिया बोकेको तस्बिर आएपछि भने बधाइको ओइरो लगाउन थालेका छन्।

गएको पुस महिनामा बिहे गरेकी विनितालाई अब छोराछोरी खेलाउने रहर पो लागेको हो कि भनेर कमेन्ट गर्नेको पनि लर्को नै लाग्यो।

अब कुरा त्यही हो कि अरु नै केही उनको प्रतिटिप्पणी नआई हामीले यसै भन्न सकिने अवस्था आएन। त्यसैले त्यतिञ्जेलका लागि यही गसिप पेज हेरिरहनु होला, है !

Leave A Comment