अनलक्की सुरक्षा

आइतबार, २९ असार २०७६, ०१ : १६ शुक्रवार
अनलक्की सुरक्षा

राम्रै फिल्ममा अभिनय गरे पनि अभिनेत्री सुरक्षा पन्तले त्यत्ति जस पाउन सकेकी छैनन्। ‘धनपति’, ‘गोपी’, ‘चङ्गा चैट’ जस्ता फिल्ममा उनले गरेको अभिनय झुरै त थिएन तर सोचेजस्तो जस पनि पाउन सकिनन्। जस कि त अभिनेताले लगिदिए कि त उनीसँगैका अर्का कलाकारले।

प्रेमिका बनेर गरेको अभिनयलाई दर्शकले बेवास्ता गरेको रिस फेर्न हो या अभिनयको अर्को तह देखाउन उनी अब दर्शक तर्साउनतिर लागेकी छन् हरर फिल्ममार्फत्। हरर फिल्म ‘घर’मा उनले भूतसँग अभिनय गरेकी छन्। उनको अभिनयले दर्शकलाई थ्रिल देला कि दर्शक हलमै नआएर उल्टै उनलाई थ्रिल बनाइदेलान्, त्यो त फिल्म आएपछि खुली हाल्छ।

तर नेपालको सबैभन्दा फ्लप जेनर भनेकै भूतको फिल्म हो। अहिलेसम्म कुनै पनि भूताहा फिल्म हिट हुन सकेका छैनन्। यस्तोमा सुरक्षालाई तर्साउनबाट कसले रोक्ने होला ?

Leave A Comment