काकताली त होइन नि ?

आइतबार, २९ असार २०७६, ०१ : २६ शुक्रवार
काकताली त होइन नि ?

अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको ‘बुलबुल’ फिल्म उनको करियरै अब्बल फिल्म ठहरियो। उनको अभिनय करियरको टर्निङ पोइन्ट नै बन्यो ‘बुलबुल’। स्वदेशमा त उनले प्रशंसा पाएकी थिइन् नै, विदेशतिर पनि ‘बुलबुल’ को जादु चल्न थालेको छ। हालै भएको सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’बाट उनले उत्कृष्ट पर्फमरको अवार्ड नै पाइन्।

‘होस्टेल’बाट फिल्म करियर सुरु गरेकी अभिनेत्री स्वस्तिमाले चलेकी नायिका प्रियंका कार्कीदेखि साम्राज्ञीलाईसमेत पछि पारिसकिन्। अब भने स्वस्तिमाको दिन सुरु भएको देखिन्छ। उनी अभिनित अर्को फिल्म ‘हजार जुनिसम्म’ प्रदर्शनको तयारीमा छ। यो फिल्मले देखाउने नै छ, साँच्चिकै उनी अभिनयमा सिरियसै भएको हो कि काकताली परेको !
 

Leave A Comment