मैझारोमा ‘मैनदानी’

शुक्रबार, ०३ साउन २०७६, ०५ : २६ शुक्रवार
मैझारोमा ‘मैनदानी’

संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘मैनदानी’ मंचनको अन्तिम चरणमा छ । सिक्का इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यो नाटक एण्टन चेखवको ‘द वर्क अफ एन आर्ट’बाट प्रभावित हो । साउन ५ गतेसम्म मण्डला नाटकघरमा नाटक मञ्चन गरिनेछ ।

एण्टन चेखवको एउटा प्रख्यात भनाइ छ,  कलाकारको काम प्रश्न सोध्नु हो, उत्तर दिने होइन ?

यसरी नै ‘मैनदानी’ले पनि दर्शकसँग ‘न्युड आर्ट’सँग सम्बन्धित विभिन्न प्रश्न गर्छ ।

नाटकमा कलाकार अंकित खड्का,  मिलान कार्की, सागर खाती, देविन चौधरी, रिजन परियार, आयान खड्का, जेनी सुनुवार, निकिता आचार्य, इँगिहोपो कोइँच सुनुवार,  देविशा लामिछाने र विकास पन्तको अभिनय छ ।

युनिक केसी नाटकका निर्माता हुन् । अनामनगरको मण्डला थियटरमा नाटक मंचन भइरहेको छ ।

Leave A Comment