विद्यार्थीमैत्री क्यानभास

आइतबार, ०५ साउन २०७६, ११ : १५ शुक्रवार
विद्यार्थीमैत्री क्यानभास

बसुन्धरामा रहेको क्यानभास स्कुल प्लस टुका लागि राम्रो मानिन्छ। विज्ञान व्यवस्थापन मानवीकी संकाय पढाइ हुने यस स्कुलको सुविधायुक्त कक्षाकोठा तथा विद्यार्थी मैत्री वातावरणमा पढाउँदै आइरहेको छ।

पर्याप्त सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षामा जोड दिने यस स्कुलले विद्यार्थीलाई घरेलु वातावरणमा सिकाउँछ। विद्यार्थीलाई कक्षाको अतिरिक्त समयमा पनि सिकाउने दक्ष तथा सीपयुक्त विद्यार्थी उत्पादन गर्ने आफ्नो उद्देश्य रहेको विद्यालयका संस्थापक कृष्णकान्त पराजुलीले बताए।

स्कुल मात्र नभएर त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त स्नातक र स्नातकोत्तरको पनि पढाइ हुने गरेको छ। २०५४ सालमा  स्थापना भएको यो स्कुलमा पूर्णकालीन शिक्षकहरु रहेका छन्।
 
 

Leave A Comment