मेगा मनसुन फ्री चेकअप क्याम्प

आइतबार, ०५ साउन २०७६, ११ : २२ शुक्रवार
मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ।

देशभरका १३ आउटलेटमा लागू हुने योजनाअन्तर्गत फ्री चेकअप क्याम्प सेवा, स्पेयर पार्ट्समा पाँच प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्कमा ३० प्रतिशतका साथै च्यासिस ग्रिजिङमा ३० प्रतिशत छुट हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजना अशोक लेलैन्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका सबै मोडलमा लागू हुने उल्लेख छ। यो  योजना असार ३० देखि साउन ५ गतेसम्म सञ्चालनमा रहने बताइएको छ।

Leave A Comment