पल्सर डेयर भेन्चर ४ को रेजिस्ट्रेसन खुला

आइतबार, ०५ साउन २०७६, ११ : २७ शुक्रवार
पल्सर डेयर भेन्चर ४ को रेजिस्ट्रेसन खुला

बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ सार्वजनिक गरेको छ। लद्दाखमा हुने यसपटकको पल्सर डेयर भेन्चरले पल्सर राइडरलाई सबैभन्दा साहसिक रोडको उचाइ मापन गर्दै अद्भूत अनुभव बटुल्न सहयोग पु-याउने कम्पनीको दाबी छ।

संस्थाले पल्सर डेयर भेन्चर ४ का लागि नाम दर्ता गर्न आह्वान गर्दै कम्पनीले २३ जुलाईसम्म नाम लेखाउन सकिने विज्ञप्तिमार्फत जनाएको छ। उक्त प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस दुई सय सिसी प्राप्त गर्न सक्नेछन्।

Leave A Comment