नेपालको क्लिन स्विप

आइतबार, ०५ साउन २०७६, १२ : ३० शुक्रवार
नेपालको क्लिन स्विप

नेपालले शृंखला क्लिन स्विप गर्दै ऐतिहासिक सफलता पाएको छ। मलेसियाविरुद्धको टि–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले क्लिनस्विप गरेको हो। नेपालले मलेसियाविरुद्धको शृंखला २–० ले आफ्नो पक्षमा पारेको थियो।

शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो। दोस्रो खेलमा ६ रनले मलेसियालाई पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले १ सय ७४ रनको लक्ष्य पछ्याएको थियो। निर्धारित २० ओभरमा ७ विकेट गुमाएर उसले १ सय ६७ रन मात्र बनाउन सक्यो।

यो प्रतियोगिता क्लिन स्विप गरेसँगै अब नेपालले ग्लोबल छनोटमा खेल्ने छ। टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंक तालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनोटमा पुग्नेछ। असोजमा युएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउनेछन्।

ग्लोबल छनोटमा स्कटल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, हङकङ, ओमान, आयरल्यान्ड्स, युएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनोटबाट एक टोली र अमेरिका छनोटबाट दुई टोली थपिनेछन्।

Leave A Comment