वर्ल्डकपमा चम्किएकी मेगान

आइतबार, ०५ साउन २०७६, १२ : ४७ शुक्रवार
वर्ल्डकपमा चम्किएकी मेगान

फिफा महिला विश्वकप जितसँगै अमेरिकी खेलाडी मेगान एन्ना रापिनोई सबको नजरमा परिन्। रक्षा पङ्क्तिबाट खेल्ने यी खेलाडीले प्रतियोगितामा देखाएको फुटबल कलाले सबको मन जितेको थियो। ३४ वर्षकी उनले प्रतियोगिता अवधिभर ६ गोल गरिन्।

यो नै एकल खेलाडीको सर्वोत्कृष्ट गोल संख्या थियो। त्यसैले उनले गोल्डेन बुट समेत पाइन्। उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत बनिन्। अहिले उनी सिट्टल फुटबल क्लबमा आबद्ध छिन्।

अमेरिकाले फाइनलमा नेदरल्यान्डलाई २–० को स्कोरले पराजित गरेको थियो। ट्रफीसहित स्वदेश फर्किएको टिमलाई अमेरिकीवासीले भव्य स्वागत गरेका थिए। उनीहरुको सम्मानमा नगर परिक्रमा गराइएको थियो।

Leave A Comment