आमाको चर्तिकला

आइतबार, ०५ साउन २०७६, ०१ : २६ शुक्रवार
आमाको चर्तिकला

युट्यूवमा चर्चित प्रयाङकस्टर विटाली जोडोरभास्कीकी प्रेमिकाले उनको युट्यूव च्यानल प्रमोट गर्न च्याम्पियन्स लिगको फाइनल्समा उनको युट्यूव च्यानलको नाम लेखिएको स्विम वेयर लगाएर मैदानमै दौडिएकी थिइन्। यो पाली उनलाई आमाले साथ दिइन् क्रिकेट विश्वकप फाइनलमा।

न्युजिल्यान्ड र बेलायतबीच भएको फाइनल खेलमा उनी कालो स्विमवेयरमा दर्शकदीर्घामा उभिएकी थिइन् जहाँ लेखिएको थियो ‘भर्चुअल्ली अनसेन्सर्ड’। उनी क्रिकेटको मैदानमा दौड्ने मुडमा देखिएकी थिइन्। तर उनी दर्शक बस्ने स्थान नाघेर मैदानमा पुग्नुअगाडि नै सुरक्षाकर्मीले नियन्त्रणमा लिइहाले।

तर उनले जेका लागि यस्तो हरकतको प्रयास गरेकी थिइनन् त्यो भने पूरा भयो। विश्वकपको फाइनलका दृश्य क्याम्पचर गर्न भेला भएका विश्वभरिका मिडियाकर्मीको ध्यान आफूतिर तान्न उनी सफल भइन्। आमाको चर्तिकता सार्वजनिक भएपछि छोराले टुइट गरे ‘माई मम इज क्रेजी’।

Leave A Comment