लक्की इङ्ल्यान्ड

आइतबार, ०५ साउन २०७६, ०१ : ४७ शुक्रवार
लक्की इङ्ल्यान्ड

न्युजिल्यान्डले ब्याटिङ गरिरहेको बेलामा यो चर्तिकला भएको थियो। टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले २ सय ४१ को टार्गेट दिएको थियो। स्कोर हेर्दा टार्गेट त्यत्ति अप्ठ्यारो भने हैन। तर न्युजिल्यान्डको उत्कृष्ठ बलिङले २४१ रन इङ्ल्यान्डका लागी खाउँ कि चपाउँ भयो।

कसिलो बलिङ र उत्कृष्ठ फिल्डिङका कारण खेल पुरै न्युजिल्याण्डको पक्षमा पुगेको थियो। धन्न भाग्यले साथ दियो र उपाधी इङ्ल्यान्डको पोल्टामा पुग्यो।  यसका लागी निर्धारित ५० ओभरले मात्र पुगेन।

५० ओभरमा स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। तीन व्याट्सम्यान, एक बलर र एक ओभर खेलाइने सुपर ओभरमा आएपनि खेलको टुंगो भने स्कोरमा लाग्न सकेन। सुपर ओभरको ६ बलमा पनि १५–१५ रन भएपछि भाग्य बलियो भएको इङ्ल्यान्डले बाउन्ड्रीको संख्याको आधारमा उपाधी आफ्नो पोल्टामा पा-र्यो।

Leave A Comment