रिसाइन ब्ल्याक

बुधबार, ०८ साउन २०७६, ०१ : ४६ शुक्रवार
रिसाइन ब्ल्याक

अमेरिकी मोडल ब्ल्याक च्याना पूर्व प्रेमी रब कार्दशियनसनसँग खुब रिसाएकी छन्। कारण उनको अपकमिङ रियालिटी शोमा छोरीलाई अभिनय गर्नबाट रोक्नु देखियो।

व्यवसायी समेत रहेकी उनले ‘द रियल ब्ल्याक च्याना’ नामक रियालिटी शो बनाउने तयारीमा छन्। त्यसमा उनले छोरी ड्रिमलाई समेत खेलाउन चाहेकी थिइन्।

तर त्यसका लागि छोरीको बाबु रहेका उनका पूर्वप्रेमीको लिखित अनुमति आवश्यक थियो। उनले अनुमतिका लागि आग्रह गरिन् तर रबले अस्वीकार गरिदिए। लिगल नोटिसै आएपछि उनले गर्नसक्ने केही थिएन सिवाए सामाजिक सञ्जालमा रिस पोख्ने। उनले गरिन् पनि त्यही इन्टाग्राममा लेखेर।
 

Leave A Comment