छवि–शिल्पा विवादमा नयाँ ट्विस्ट : पत्रकार र वडा सचिव तानिए

बिहिबार, ०९ साउन २०७६, ०८ : ०८ शुक्रवार
छवि–शिल्पा विवादमा नयाँ ट्विस्ट : पत्रकार र वडा सचिव तानिए

घरेलु हिंसा, सम्बन्धविच्छेदहुँदै बहुविवाहको मुद्धाको मोडमा पुगेको निर्माता छविराज ओझा र शिल्पा पोखरेलको केसमा बीहिबार अर्को नयाँ ट्विस्ट आयो । यो विवादमा नयाँ ट्विस्ट ल्याउने छविकी जेठी श्रीमती हेमा ओझा हुन् । 
आफ्ना श्रीमान् र सौता शिल्पाविरुद्ध बहुविवाहको जाहेरी दिएर पक्राउ पूर्जी जारी गराउन सफल भएकी उनले यो प्रकरणमा कहलिएका फोटो पत्रकार विकास रौनियार र उनको श्रीमती सम्झना उप्रेती राैनियारलाई समेत तानेकी छिन् । 


फोटो पत्रकार रौनियार नाताले शिल्पाको दाई हुन् । उनैले लुकिछिपी भएको छवि–शिल्पाको विवाहमा कन्यादान गरेका थिए । विवाहमा सम्झना पनि उपस्थित रहेकाे खुलेकाे थियाे । सम्झना फिल्म निर्देशक हुन् ।

उनीहरुलाई हेमाले बहुविवाहमा छलेर छवि र शिल्पाको विवाह दर्ता गराएको दावी गर्र्दै कारवाहीको दायरामा तानेकी हुन् । उनीहरुसँगै हेमाले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिवलाई समेत विवादमा ल्याएकी छिन् ।
विवाहको प्रमाणै नखोजी बहुविवाह दर्ता गराएर अख्तियारको दुरुपयोग गरेको भन्दै हेमाले वडा सचिव विरुद्ध अख्तियारमा बीहीबार निवेदन दर्ता गराएकी छिन् भने पहिलो विवाहको सम्बन्धविच्छेद नभएपछि विकास र सम्झना साक्षी बसेर विवाह दर्ता गराएको भन्दै उनीहरुमाथी समेत कारवाहीको माग गरेका छन् । 

( विकास र सम्झना । तस्बिर : सम्झना उप्रेतीकाे फेसबुक पेज )

हेमालाई कानुनी सहयोग गरिरहेका अभिवक्ता स्वागत नेपालका अनुसार विवाह भएको छ या छैन, पहिला विवाह भएको भए सम्बन्धविच्छेद भएको छ या छैन बुझ्दै नबुझी विवाह दर्ता गराएर पाएको अख्तियारीको दुरुपयोग गरेकाले सचिवविरुद्ध कारवाहीका लागी अख्तियारमा निवेदन दर्ता गरिएको जानकारी दिए ।

विकास र सम्झनाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नभए पनि छवीको यस अगाडि श्रीमती नभएको भन्दै झुठो बोलेर विवाह दर्ताको साक्षी बसेकाले उनीहरुलाई समेत कारवाहीको माग गरिएको नेपालले जानकारी दिए । 
अंशबन्डापछि कसरी बहुविवाहको दावी

छविकी पहिलो श्रीमती हेमाले बहुविवाहको दावी गरेर दिएको निवेदनको आधारमा उनीहरु दुबैविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । मुलुकी अपराध संहिता अनुसार भने अंशवन्डा भई अलग बसेको अवस्थामा सम्बन्धविच्छेद नभए पनि अर्को विवाह गर्न पाउने प्रावधान छ ।

कानुनमा यस्तो प्रावधानहुँदाहुँदै छविले बहुविवाह गरेको दावी कसरी पुग्छ ?
अभिवक्ता नेपाल कानुनी प्रावधानमा अंशबन्डा भई अलग्गै बसेको उल्लेख भएको तर हेमाले अंश लिएपछि छुट्टै नबसेकाले बहुविवाहको दावी पुग्ने तर्क गरे । 

‘कानुनले अंशबन्डालाई मात्र आधार मानेको छैन, सँगै बसे पनि श्रीमती–छोराछोरीसँग अंशबन्डा हुनसक्ने तर यो सँगै सहमतीकै आधारमा अलग्गै बसे मात्र अर्को विवाहका लागि कानुनले नरोके पनि हेमानको केसमा अंशबन्डा मात्र भएको हो, अलग्गै बस्ने सहमती हैन’ उनले दावी गरे ।

प्रहरी खोजीमा, दुबै फरार

बुधबार काठमाडौं जिल्ला अदालतबाट अनुमती लिएर महानगरीय प्रहरी परिसरले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । तर दुबै अहिले सम्पर्कविहिन छन् । 

दिदीको घरमा बस्दै आएकी शिल्पा त्यहाँ भेटिइनन् । छवि पनि गौरीघाटको घरमा छैनन् र दुबैको मोवाइलको स्विच अफ गरिएको छ । कानुनी चुनौतीको सामना नगरी दुबै सम्पर्कविहिनहुँदा उनीहरुमाथि थप शंका बढाएको छ । 


 

Leave A Comment