सेलिब्रिटी घुँडा

शनिबार, ११ साउन २०७६, ०१ : ३८ शुक्रवार
सेलिब्रिटी घुँडा

तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कहिलेकाहीँ कुकुर र बिराला वा अन्य जनावर पनि सेलिब्रिटी हुन्छन् तर बेलायतमा यतिबेला एउटा घुँडा सेलिब्रिटी बन्न पुगेको छ।

खासमा निकोला ह्विट्लीकी किशोरी छोरी बेथको घुँडा हिजोआज बेलायती अखबारमा निकै छाउने गरेको छ। खेलाडीको रुपमा नाम कमाउन थालेकी बेथको अनुहारभन्दा पनि क्यामेरा उनको घुँडातर्फ सोझिने गरेका छन्।

निकोला भन्छिन्, ‘मेरी छोरीको घुँडा नै भाग्यमानी !’

हुन पनि साराको घुँडा हेर्नु भयो भने दुई वटैमा बच्चाजस्तै अनुहार देख्नुहुन्छ। एउटामा शान्त बच्चा देख्नुहुन्छ भने अर्कोमा शैतान।

बेथको बच्चा आकृतिलाई निकोलाले चार वर्षकै उमेरमा ख्याल गरेकी थिइन्। ४२ वर्षे आमाको दाबी छ, त्यस बेलादेखि उनी छोरीको घुँडा देख्नेबित्तिकै हाँसो रोक्न सकेकी छैनन्। अहिले पनि छोरीको घुँडा हे-यो कि उनमा हाँसोको पर्रा छुटिहाल्छ।

यतिबेला १५ वर्षकी साराको घुँडामा तिनै दुई अनुहार स्पष्ट हुँदै आउन थालेका छन्। कतिले त ती अनुहारलाई साथीहरुले ‘एलियन’ वा भूताहा फिल्मका चरित्रझैँ भनेर चिढ्याउने गरेका छन्।

साराकी १७ वर्षीया दिदी मेग चाहिँ बहिनीको यो घुँडा साह्रै भाग्यमानी रहेको बताउने गर्छिन्। यही घुँडाका कारण दुई पटक युरोपेली र विश्व नृत्य च्याम्पियनसिप बेथले जितिसकिन्।

बेथ भन्छिन्, ‘कहिलेकाहीँ त अरुले मेरो नृत्यलाई भन्दा पनि घुँडालाई घुरेर हेरेको पाउँदा दिक्क लाग्छ। अब यो मेरो घुँडा हो, यसमा त्यस्तो घुर्नैपर्ने कुरा के छ र, हैन ?’

आमा निकोला भन्छिन्, ‘मेरा अरु छोरीहरु पनि छन्। बेथजस्तै उनीहरु पनि नाच्न भनेपछि मरिहत्ते गर्छन् तर तिनको घुँडामा बच्चा अनुहार छैन। त्यै भएर बेथ मेरालागि विशेष छे।’

Leave A Comment