गोडा फ्याँ पार्नेलाई अनौठो कुर्सी

शनिबार, ११ साउन २०७६, ०१ : ५२ शुक्रवार
गोडा फ्याँ पार्नेलाई अनौठो कुर्सी

सामान्यतः तपाईं कसरी बस्नु हुन्छ ? स्त्री हुनुहुन्छ भने गोडा जोडेर बस्नु हुन्छ अनि पुरुष हुनुहुन्छ भने गोडाफाट शैलीमा, हैन त ?

गोडा फ्याँ पारेर बसेको पुरुष र गोडा समेटेर बसेकी स्त्री एकै ठाउँमा भयो भने कस्तो भद्दा देखिन्छ, भन्नुस् त ! यही समस्यालाई मध्यनजर गर्दै पुरुषका लागि विशेष डिजाइनको कुर्सी बनाइएको छ। ब्राइटन विश्वविद्यालयकी विद्यार्थी लैला लरेलले यस किसिमको आइडिया लगाएकी हुन्।

२३ वर्षीया लैलाको यो आइडियाले हालै राष्ट्रिय पुरस्कार हात पारेको छ। लैलाको कुर्सीमा बस्नेले बाध्य भएर आफ्नो गोडाफाट शैलीलाई खुम्च्याउनैपर्ने हुन्छ।

सन् २०१३ मा केटाहरुको गोडाफाट शैलीलाई ‘म्यानस्प्रिडिङ’ नामकरण गरिएको थियो। त्यसयता यो गोडाफाट शब्द निकै चल्तीमा रह्यो।

लैला भन्छिन्, ‘सार्वजनिक थलोमा यो ‘म्यानस्प्रिडिङ’ निकै भद्दा देखिने हुनाले त्यसको उपाय के होला भनेर निकै सोचेपछि यो कुर्सीको अवधारणा पलाएको हो।’
अब चाहिँ केटाहरुको बुद्धि पलाउने हो कि ?

Leave A Comment