ब्रिगेड ब्वाइज च्याम्पिएन

शनिबार, ११ साउन २०७६, ०२ : ३८ शुक्रवार
ब्रिगेड ब्वाइज च्याम्पिएन

चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको च्याम्पियन ब्रिगेड ब्वाईज क्लब भएको छ। फाइनलमा उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा ब्रिगेडका वृजेश चौधरीले गोल गरे। त्यही गोल निर्णायक बन्यो। वृजेशले खेलको २३ औं मिनेटमा गोल गरेका थिए।

फाइनलमा गरेको गोलसँगै वृजेश प्रतियोगिताको सर्वाधिक गोलकर्ता भए। उनले प्रतियोगितामा ८ गोल गरे। यो वर्षको उपाधि जितेसँगै ब्रिगेडले लगातार दोस्रोपटक उपाधि पाएका हुन्।

एन्फाको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए।

 

Leave A Comment