मालिङ्गालाई अस्ट्रेलियाको पिआर

शनिबार, ११ साउन २०७६, ०२ : ५८ शुक्रवार
मालिङ्गालाई अस्ट्रेलियाको पिआर

श्रीलंकाका स्टार बलर लासिथ मालिंगाले अस्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्ट (पिआर) का लागि दिएको निवेदन अस्ट्रेलियन सरकारले स्विकार गरेको छ। उनले पिआरका लागि निवेदन दिएका थिए। तर संन्यास लिइसकेका छैनन्।

अस्ट्रेलियन सरकारले स्विकार गरेसँगै अब उनलाई अस्ट्रेलियामा स्थायी रुपमा बस्ने बाटो खुलेको छ। संन्यासपछि नै मालिंगा अस्ट्रेलियामा प्रशिक्षक बन्ने आँकलन गरिएको थियो। यसले त्यसको बाटोसमेत खुलेको छ। श्रीलंकाका थुप्रै क्रिकेटर संन्यासपछि आफ्नो देश छाडेर अन्य देशमा बस्ने गरेका छन्।

मालिंगा अस्ट्रेलियामै छन्। श्रीलंकाले घरेलु मैदानमा बंगलादेशसँग जुलाई २६ देखि एक दिवसीय सिरिज खेल्नेछ। ३५ वर्षे मालिंगाले उक्त सिरिजपछि संन्यास लिने अनुमान छ।

Leave A Comment