साटोको इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

आइतबार, १२ साउन २०७६, ०२ : ३२ शुक्रवार
साटोको इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

बार कोड नेपालले साटो कम्पनीको सिएलफोरएनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा ल्याएको छ। उसले स्टिल उद्योग, हस्पिटल, प्याथ ल्याब  तथा अन्य प्रतिष्ठानलाई लक्षित गरेर प्रिन्टर नेपाल भित्र्याएको हो।

यो प्रिन्टरले लगातार लामो समयसम्म बार कोड स्टिकर, स्टिल ट्यागमा २०३ वा ३०० डिपिआइमा गुणस्तरीय छपाई गर्ने बार कोड नेपालले जानकारी दिएको छ।

बार कोड नेपाल बार कोडिङ्गको क्षेत्रमा प्रसिद्ध  बारकोड प्रिन्टर निर्माता साटो कर्पोरेसन जापानको नेपालका लागि अधिकृत बिक्रेता हो।

उसले साटो ब्रान्डमा उत्पादित विभिन्न साइजका उच्च गुणस्तरीय डिटी, टिटी पेपर र पोलिस्टर लेबल्सहरु र रेजिन, वाक्स रेजिन रिबनहरु नेपाली बजारमा ल्याएको छ।

Leave A Comment