वैदेशिक रोजगारीबाट स्वदेशमै रोजगारदाता

आइतबार, १२ साउन २०७६, ०२ : ४९ शुक्रवार
वैदेशिक रोजगारीबाट स्वदेशमै रोजगारदाता अर्जुन अधिकारी

डेढ दशकअघि रोजगारका लागि जापान पुगेका अर्घाखाँचीका अर्जुन अधिकारी अहिले रोजगारदाता भएर फर्किएका छन्। विगतमा उनी जापानमा जापनिजलाई नेपाली खानाको परिकारको स्वाद चखाउन व्यस्त थिए। अहिले नेपालमा जापनिज खानाको स्वादलाई विस्तार गर्ने अभियानमा छन्।

रोजगारी गर्दागर्दै जापानमा नेपाली खानाका परिकार पस्किने रेष्टुरेन्ट चलाएका अधिकारीले अहिले नेपालमा ‘जापनिज रेष्टुरेन्ट रामेन’ १० वटा आउटलेट सञ्चालन गर्दैछन्।

जापानमा नेपाली खानाको परिकारको प्रचार गरेका अधिकारी अहिले यहाँ जापानको फुड कल्चरलाई विस्तार गर्न लागेका छन्। जापानको प्रसिद्ध खाना ‘रामेन’ खुवाउनका लागि पहिलो चरणमा बुढानीलकण्ठको पार्क भिजेल र काठमाडौं गेष्ट हाउसमा ‘होक्काइदो रामेन रेष्टुरेन्ट’ यसै सातादेखि सञ्चालनमा ल्याएका छन्। थप आठ आउटलेट एक वर्षभित्र विस्तार गर्ने तयारीमा छन्।

अधिकारी सीपसँगै पुँजी लिएर स्वदेश फर्किएका हुन्। स्वदेशमै रोजगारी सिर्जना गर्न होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिमार्फत विभिन्न व्यवसाय सुरु गरेका छन्। अधिकारी होक्काइदो नेपालका अध्यक्ष हुन्। रेष्टुरेन्टसहित विभिन्न व्यवसायमा करिब १५ करोड रुपैयाँ लगानी गर्ने योजनासहित काम सुरु गरेको अधिकारीले बताए।

‘विभिन्न व्यवसायमा १५ करोड रुपैयाँ बढी लगानी गर्छौं, उनले भने, ‘पहिलो चरणमा रेष्टुरेन्ट सुरु गरेका छौं।’ आफ्नो परियोजनामा एक सय जनालाई रोजगारी दिने उनले बताए। ‘अहिले २२ जनाले काम सुरु गरेका छन्,’ अधिकारीले भने, ‘एक वर्षभित्र सयजनालाई रोजगारी दिन्छौंं।

होक्काइदो बिजनेस ग्रुप प्रालिमार्फत होटल व्यवस्थापनसहित खाद्यान्न, कृषि, पानी, लाउन्ड्री, नेपाली उत्पादनलाई जापान निर्यात क्षेत्रमा पनि काम सुरु गरेको छ। ‘स्वदेशमै रोजगारी र उद्यमशीलता विकास गर्ने योजनाअनुरुप स्वदेश फर्किएको हुँ,’ अधिकारीले भने।

रामेन जापानको प्राचीन स्वास्थ्यवद्र्धक खानाको परिकार हो। नेपालमा जापनिज प्रविधिसहित पहिलोपटक भित्र्याएको कम्पनीले जनाएको छ। कम्पनीले जापनिज परिकार बनाउनका लागि रामेन सेफ माचुकुरालाई ल्याएको छ। कम्पनीले रामेन हाउसको परिकारका लागि जापनिज मापदण्डअनुसार आवश्यक कच्चा पदार्थ, पानी, गहुँ, जौ, फापर यहाँ नै उत्पादन गर्छ। जापनिज परिकार भए पनि आफैँ नुडल्स उत्पादन गरेर रेष्टुरेन्ट सुरु गर्ने पहिलो कम्पनी भएको अधिकारीको दाबी छ।

नेपालीसहित जापानी नागरिकको लगानी रहेको उक्त कम्पनीले पहिलो चरणमा काठमाडौंमा जापनिज खानाको परिकारसहितको रेष्टुरेन्ट सुरु गरेको छ। काठमाडौंकै बौद्ध, पानीपोखरीसहित पोखरामा पनि विस्तार गर्ने तयारी छ। त्यहाँ जापानका ३० प्रकारका खानाका परिकार उपभोक्ताले उपभोग गर्न पाउँछन्। ‘एक वर्षभित्र १० स्थानमा आउटलेट सञ्चालनमा ल्याउँछौँ,’ अधिकारीले भने, ‘त्यसका लागि सेन्ट्रल किचन तयार गरेर दुई ठाउँमा सुरु ग-यौं।’ ‘रामेन’ सञ्चालनमा ल्याएपछि नेपालीले जापानको फुड कल्चर उपभोग गर्न पाउने भएका छन्।

जापानबाट नेपाल आउने पर्यटकसहित नेपालीलाई समेत लक्षित गरेर जापानमा लोकप्रिय नुडल्स ‘रामेन’को स्वादलाई खुवाउन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए।

‘अरुले जापानबाट आयात गरेर परिकार दिन्थे,’ उनले भने, ‘हामीले पहिलोपटक नेपालमा आफैँ नुडल्स उत्पादन सुरु गरेका छौं।’

रामेन जापानको प्राचीन स्वास्थ्यवद्र्धक खानाको परिकार हो। नेपालमा जापनिज प्रविधिसहित पहिलोपटक भित्र्याएको कम्पनीले जनाएको छ। कम्पनीले जापनिज परिकार बनाउनका लागि रामेन सेफ माचुकुरालाई ल्याएको छ। कम्पनीले रामेन हाउसको परिकारका लागि जापनिज मापदण्डअनुसार आवश्यक कच्चा पदार्थ, पानी, गहुँ, जौ, फापर यहाँ नै उत्पादन गर्छ। जापनिज परिकार भए पनि आफैँ नुडल्स उत्पादन गरेर रेष्टुरेन्ट सुरु गर्ने पहिलो कम्पनी भएको अधिकारीको दाबी छ। ‘अरुले जापानबाट आयात गरेर परिकार दिन्थे,’ उनले भने, ‘हामीले पहिलोपटक नेपालमा आफैँ नुडल्स उत्पादन सुरु गरेका छौं।’

उच्च गुणस्तर दिनका लागि जापानबाट नै रेष्टुरेन्टको सेफ ल्याएका छन्। सन् २०१७ मा काठमाडौंमा होक्काइदो नेपाल व्यापार सम्मेलन आयोजना गरी लगानीको सम्भावना र अवसर देखेर व्यवसाय सुरु गरेको अधिकारीले बताए। जापनिज परिकारको माध्यमबाट नेपाल र जापानबीचको खानपिन र जनस्तरमा सम्बन्ध विस्तार गर्दै पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सघाउ पुग्ने उनले बताए।

रेष्टुरेन्टसँगै जापान जाने युवालाई लक्षित गरेर होटल व्यवस्थापन तालिम पनि सञ्चालन गरेका छन्। सरकारले नेपाली युवालाई जापान पठाउने तयारी गरिरहेको अवस्थामा युवालाई सीप सिकाउँछ।

जापान जाने युवाले यहाँ तालिम लिएर गएपछि त्यहाँ उपयुक्त रोजगारी पनि पाउने अधिकारीको विश्वास छ। ‘अदक्ष कामदार जाँदा न्यून स्यालरीमा काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यहाँ सीप सिकेर गएपछि त्यहाँ जाने युवालाई पनि राम्रो अवसर छ।’ एक लटमा ५० जना युवाले तालिम लिने व्यवस्था मिलाएको छ।

नेपाल भ्रमण वर्ष २०२० मा जापनिजहरुलाई नेपाल आकर्षित गर्नका लागि पनि पहल गर्ने जनाएको छ। जापानबाट आउने पर्यटकलाई रामेनको परिकार र विभिन्न जापनिज खानामार्फत आकर्षित गर्ने योजना रहेको उनले बताए। सरकारले पनि जापनिज पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाएको छ। त्यसका लागि नेपाल एयरलाइन्सले जापान सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ। धेरै आयु भएका जापनिज खानामा निकै कन्सियस हुन्छन्। ‘यहाँ आउने जापनिजले खानामा कुनै कुनासो नगुरून् भन्ने हाम्रो ध्येय हो,’ उनले भने, ‘यसले पर्यटक आकर्षित गर्न पनि टेवा पुग्नेछ।’ पानीको कारण विभिन्न प्रकारका रोग पनि लाग्ने भएकाले जापानी प्रविधिमा आधारित रहेर पानीको गुणस्तर सुधार गर्ने उनले बताए।

विदेशी लगानी पनि ल्याउनु पर्छ भनेर यसमा उनले जापनिज लगानीकर्तालाई पनि सहभागी गराएका छन्। ‘स्वदेशी पुँजीले मात्र मुलुकको लगानी आवश्यकता परिपूर्ति हुन सकेको छैन,’ उनले भने, ‘वैदेशिक लगानी पनि भिœयाएका छौं।’ अधिकारीले यहाँको उत्पादन निर्यात गर्ने योजनामा छन्। यसले नेपाल र जापानको सम्बन्ध अझ विस्तार हुने अपेक्षा गरेका छन्। ‘यो परियोजना सफल भएपछि जापानबाट अन्य क्षेत्रमा पनि लगानी आकर्षित गर्छौं,’ उनले भने, ‘यसले लगानी प्रवद्र्धनमा पनि टेवा पुग्नेछ।’ जापानको होक्काइदो एग्रिकल्चर, जाइकासँग मिलेर यहाँ कृषिसम्बन्धी उत्पादन गर्न लागेका छन्। रेष्टुरेन्टका लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ पनि आफैँ उत्पादन गर्ने उनले बताए।

Leave A Comment