प्रियंकाको नौटंकी

बुधबार, १५ साउन २०७६, १२ : ५२ शुक्रवार
प्रियंकाको नौटंकी

आमा र श्रीमान्सँगै बोटमा चुरोट तान्दै गरेको तस्बिर बाहिरिएपछि बलिउड अभिनेत्री प्रिंयंका चोपडा ट्रोलको सिकार बनिन्।

सामाजिक सञ्जालमा धूमपानविरुद्ध अभियान चलाइरहने उनले कुनै समय आफूलाई दमको समस्या भएको भन्दै तिहारमा पटका नपड्काउन आग्रहसमेत गरेकी थिइन्।

अहिले मज्जाले चुरोट पिइरहेको तस्बिर सार्वजनिक भएपछि आफू दमको रोगी भएको र धूमपान नगर्न उनले दिने सल्लाह सबै नौटंकी रहेको भन्दै आलोचना भइरहेको छ।

बलिउडमा सिगरेटको पारखी उनी मात्रै हैनन्। कंगना रनावत, सुस्मिता सेन, मनीषा कोइरालाले चुरोट तानिरहेको तस्बिर यसअघि पनि सार्वजनिक भएको थियो।

उनीहरुले सञ्जालमा आदर्शका गफ नदिएकाले उनीहरु त्यत्ति आलोचित भएनन्, जति अहिले प्रियंकाको आलोचना भइरहेको छ।
 

Leave A Comment