बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मलाको वार्षिकीमा गत हप्ता सञ्चार माध्यम व्यस्त भयो। टिभीका स्क्रिन विचारक र विश्लेषकले भरिए। हत्यारा को? कसले लुकायो? एक वर्षसम्म किन अनुसन्धान हुन सकेन? उही पुरानै प्रश्नले सामाजिक सञ्जालमा जमे।
प्रहरीले निर्दोष फँसायो भन्नेहरु अहिले त्यही दिलिप सिंह बिस्टै पो हो कि भन्न थाले। हिजो ‘निर्दोषलाई पक्राउ गरेर दोषी ठह-याउन खोज्ने सरकार खबरदार’ भन्नेहरु ‘निर्मलाको हत्या भएको दिन त्यतै दिलिपसिंह हिँडेको देख्ने भेटियो’ भन्न थाले।
तर माहोल खाइदिए उही दिलिपलाई पक्रेकोमा अदालतमा मुद्दा चलेर निलम्बन भएका डिएसपी अंगुर जिसीले। जिसीको तर्क आफ्नो ठाउँमा होला तर माहौल तताउने काम भने उनको आँशुले ग-यो। आफैँ आरोपीकर्ता, आफैँ अभियोग ठोक्ने, आफैँ बहस गर्ने अनि आफैँ फैसला गरिदिने एक कार्यक्रम सञ्चालकको कायक्रममा पुगेका उनले निर्मला बलात्कार र हत्यापछिका अनुसन्धानका फेहरिस्त राख्दाराख्दै जब निर्मलाको आमाको प्रसंग आइदियो, देब्रे आँखाको कुनाबाट आँशु चुहियो, स्वर बिग्रियो। हैट् ! कस्ता–कस्ता अपराधी तह लगाउने निडर प्रहरी रोयो त हो कि क्या हो भन्ने माहोल बनिहाल्यो। टेलिभिजनका बहस यसपछि बिस्ट केन्द्रित हुन थाले। हुँदाहुँदा गृहमन्त्रीले समेत ‘कता कता बिस्ट पो हो कि’ भन्न थाले।
हिजो अंगुरले बदमासी ग-यो, बिस्टलाई फँसायो भन्नेहरु उनको आँशु देखेपछि हैन कि क्या हो बिस्टै पो हो कि भन्न थालिहाले। हुन त तरलै पर्दाथ त हो ! तै पनि हेर्नुस् त आँशुको क्या पावर !
Leave A Comment