छुल्ठिमको आश

मङ्गलबार, २१ साउन २०७६, ०२ : ३३ शुक्रवार
छुल्ठिमको आश

‘नोभेम्बर रेन’बाट रजतपटमा डेब्यु गरेकी अभिनेत्री छुल्ठिम गुरुङ हिट फिल्मको पर्खाइमा छिन्। पहिलो फिल्मबाट दर्शकको मन जित्न सफल भएकी छुल्ठिम अभिनित पछिल्ला फिल्म ‘नेप्टे’ र ‘डायरी’ फ्लप नै भए। दुई फिल्म लगतार फ्लप भएपछि छुल्ठिमको आश अब रिलिजको पर्खाइमा रहेको फिल्म ‘न यता न उता’बाट छ।

पहिलो फिल्मबाटै अभिनयमा सकारात्मक प्रतिक्रिया बटुलेकी छुल्ठिम लामो समयपछि दर्शकबीच देखा पर्न लागेकी हुन्। यो फिल्म चले त ठीकै हो, नत्र उनको करिअर नै न यता न उता हुन बेर छैन।

Leave A Comment