स्वस्तिमाको दनक

मङ्गलबार, २१ साउन २०७६, ०३ : १८ शुक्रवार
स्वस्तिमाको दनक

केही दिनअघि अभिनेत्री पूजा शर्माले फिल्म ‘पोइ प-यो काले’मा २० लाख पारिश्रमिक लिएको खबर बाहिरियो। फिल्म ‘हजार जुनीसम्म’सम्मको कार्यक्रममा अर्की नायिका स्वस्तिमा खड्काले महँगो पारिश्रमिक लिनेले दर्शकलाई हलसम्म ल्याउन पनि सक्नुपर्ने विचार पोखिन्।

ट्रेन्डिङको प्यास बोकेर डिएसएलआर बोकेर हिँडेका युट्युबेलाई के चाहियो ? दनादन खड्काको क्लिप राखेर पूजाबारे स्वस्तिमाको टिप्पणी भन्दै हाल्न थालिहाले।

पूजालाई पनि कम सकस भएनछ। उनकोमा युट्युबे पुगेनछन् क्यार, सञ्जालमै लेखिदिइन्, ‘मैले कन्फर्म गरेँ र यसबारे ? पहिला सत्य के हो जान्नुपर्छ।’

स्वस्तिमाले पूजाको नाम लिएर टिप्पणी गरेकी थिइनन् तर २० लाख भनेकाले पूजालाई नै हो भन्ने युट्युबेले ठोकुवा गरिदिएपछि खड्कालाई झोँक चलेछ। उनले पनि भनिदिइन्, ‘म युट्युब चलाउनेलाई पत्रकार मान्दिनँ।’

अहो ! यो त तिनको अस्तित्वमाथि नै प्रहार भइगयो। फिल्म इन्डस्ट्रीमा टिक्न हाम्रो विकल्प छ र भन्ने भ्रम परेकालेहरुले सञ्जालमै लेख्न थाले, ‘काल आयो भने स्याल शहर पस्छ !’

Leave A Comment