जोकका महानायक

शनिबार, २५ साउन २०७६, ०२ : ०५ शुक्रवार
जोकका महानायक

नेपाली चलचित्र नगरीका महानायक राजेश हमाल ट्रोलमा पनि महानायक समानै छन्। उनका बारे इन्टरनेटको भण्डारमा जोक र ट्रोलको खानी नै भेटिन्छ। प्रारम्भमा आफ्ना बारेका जोक र ट्रोल देखेर उनी रिसाउँथे रे ! अहिले भने उनी रमाउन थालेका छन्।

राजेश हमालः पैसा कमाओ केटा हो,
केटीहरु त ६९ वर्षको उमेरमा पनि पाइन्छन्।

एक पटक रजनीकान्तले राजेश हमाललाई सोधेछन्, ‘नेपाली र कुकुरमा के फरक छ ?’
राजेश दाइः बोर्डर वारि र पारिको मात्र फरक छ।

राजेश हमालः (चोरसँग) तिमी कसरी पक्राउ प-यौ ?
चोरः एकाबिहानै सपिङ गरेर।
राजेश हमालः यो त कुनै अपराध भएन नि ? बिहान कति बजेतिर सपिङमा निस्क्या थ्यौ ?
चोरः पसल खोल्नुभन्दा अगाडि......

राजेश हमालः साथीका लागि यो हात सलाम हो भने दुस्मनको लागि यो हात फलाम हो।
हिहिहि... आज विश्वकर्मा पूजा
उसो भए राजेश हमालको हातको पूजा नगरी भएन।

राजेश हमाललाई एक दिन शिक्षक बन्न मन लाग्यो। चल्तीको एउटा स्कुलमा पढाउन गए। राजेश हमाललाई देख्नेबित्तिकै एक जना राम्री विद्यार्थीले भनीः सर, म पास हुनका लागि जे पनि गर्न तयार छु ?
राजेश दाइः जे पनि ?
राम्री विद्यार्थीः हजुर।
राजेश दाइः साँच्चै ?
राम्री विद्यार्थीः भनेर त हेर्नुस्, साँच्चै हो क्या सर !
राजेश दाइः त्यसो भए खुरुक्कन पढ न त।
 
इन्डियालाई अंग्रेजले कब्जा गरेको कुरा राजेश दाइले थाहा पाउनु भएछ अनि उहाँ इन्डिया जानुभएछ। अनि राजेश दाइले जोरले ‘शंकर हो मेरो नाम शंकर’ भन्नुभएछ। यो आवाज सुन्नेबितिक्कै त्यहाँ भएका अंग्रेज जतिको भागाभाग भएछ।
हो, त्यही दिनदेखि इन्डियाले स्वतन्त्रता दिवस मनाउन थाल्यो भन्ने मौखिक इतिहास छ।











Leave A Comment