घाटामा श्रद्धा

शनिबार, २५ साउन २०७६, ०३ : १४ शुक्रवार
घाटामा श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभासको ‘साहो’ र निर्देशक नितेश तिवारीको नयाँ फिल्म ‘छिछोरे’ आगामी अगस्ट ३० मा रिलिज हुने भएको छ। दुई फिल्मको मुख्य अभिनेत्री भने श्रद्धा कपुरलाई यत्तिखेर तनाव सुरू भएको छ। एकै तारिखमा उनी अभिनित दुई वटा फिल्म रिलिज हुने भएपछि फिल्मका निर्देशकहरूलाई अप्ठ्यारो परेको छ।

यसअघि ‘साहो’ अगस्ट १५ मा रिलिज हुने भनेको थियो। सो तारिखमा अभिनेता जोन अब्राहमको ‘बाटला हाउस’ र अक्षय कुमारको ‘मिशन मंगल’ रिलिज हुने भएपछि ‘साहो’ ले आफ्नो रिलिज प्राविधिक कारण देखाउँदै अगस्ट ३० मा सारेको थियो। ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा घाइते भएकी अभिनेत्री कपुर दुवै फिल्मको प्रमोसनमा सक्रिय हुन पाएकी छैनन्। साभारः नागरिक दैनिक
 

Leave A Comment